
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधान संशोधनको कार्य अगाडि बढाउँदा देशलाई हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्ने बताएका छन् ।
पार्टीको चन्द्रागिरि नगर कमिटीले दसैँ, नेपाल संवत्, तिहार, छठलगायत पर्वका अवसरमा आज आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले करिब ८२ प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएको मुलुकमा उनीहरुको भावनाअनुसार हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिए ।
उनले मुलुकमा वैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै राष्ट्रमा विद्यमान समस्या समाधानका लागि देश र जनताको आवश्यकताका आधारमा सबै दल जिम्मेवार भई अघि बढ्नुपर्ने बताए ।अध्यक्ष थापाले देशमा बसोबास गर्ने सबै जाति समुदायका पर्व तथा संस्कृतिलाई सबैले स्वीकार्ने परम्पराले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो बनाउने विचार व्यक्त गरे ।
सोही पार्टीका युवा नेता देवेन्द्र प्रधानले स्थानीय निकायको अभावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका कार्यले गति पाउन नसकेको बताउँदै चाडो स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।चन्द्रागिरि नगर कमिटीका संयोजक प्रकाश थापाले चन्द्रागिरि क्षेत्रमा सबै जाति तथा समुदाय मेलमिलाप गरी बसेकाले पनि उक्त क्षेत्र समावेशी रहेको बताउँदै सबैका विभिन्न पर्वमा यस किसिमको सांस्कृतिक आदानप्रदान हुने गरेको जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्