Skip to content
LAXMI SUNRISE BANK

सम्पदा पुनर्निर्माणमा विदेशीको मुख नताकौँ : राप्रपा अध्यक्ष कमल थापा

अर्थ सरोकार

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्राचिन ऐतिहासिक स्तम्भको पुनर्निर्माणमा विदेशीको सहयोग लिन नहुने बताएका छन्।
 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाल सम्वत्, विजया दशमी तथा दिपावलीको असरमा शुक्रबार बसन्तपुर डबलीमा गरेको चियापान समारोहमा अध्यक्ष थापाले धार्मिक सम्पदा पुनर्निर्माणमा विदेशीको मुख ताक्न नहुने बताएका हुन्।
 भूकम्पले ध्वस्त बनाएका प्राचिन, ऐतिहासिक धरोहर पुनर्निर्माणमा ढिलाई भएको भन्दै उनले त्यस्ता सम्पदाको पुनर्निर्माण नेपालीको आफ्नै स्रोत र साधनबाट हुनुपर्नेमा जोड दिए। सरकार बसन्तपुर, पशुपति, चाँगुनारायण, पाटन, भक्तपुरका विभिन्न सांस्कृतिक, ऐतिहासिक तथा प्राचिन स्तम्भको पुनर्निर्माण विदेशीलाई दिने निर्णय भइसकेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK