×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कठै कान्तिपुर ! जसले कुमारी बैंकको न्यूज, ‘विदेश’ पृष्ठमा छ भनेर पाठकलाई ‘उल्लु’ बनायो !

  • अर्थ सरोकार सम्बाददाता 

कान्तिपुर, अर्थात नेपालमा सबैभन्दा बढी विक्री हुने राष्ट्रिय दैनिक । यस्ता ठुला मिडियाले गर्ने स-साना गल्तीलेले पनि थुप्रै पाठकहरुलाई झुक्याईरहेको हुन्छ । त्यस्तै गल्ती कान्तिपुरले पुन: गरेको छ 


कान्तिपुरको एक अंकमा ‘कुमारी बैंकद्वारा पधाधिकारीहरु नियुक्ति’ शीर्षकको समाचार पृष्ठ १२ मा भनी लेखिएको छ । जवकी त्यहि पत्रिकाको पृष्ठ १२ विदेशका समाचार दिने पृष्ठ हो भनेर कान्तिपुरले आफैं उल्लेख गरेको छ । उक्त समाचार हेर्न पृष्ठ १२ हेर्नेले उक्त समाचार हेर्न पाउँदैनन् ।
अर्कोतर्फ कान्तिपुरको उक्त ‘हेडलाइन’मा प्रयोग भएको व्याकरणमा पनि फरक फरक खालका प्रतिक्रियाहरु आएका छन् । ‘कुमारी बैंकद्वारा पधाधिकारीहरु नियुक्त’ वा ‘कुमारी बैंकमा पधाधिकारीहरुको नियुक्ति’ हुनुपर्नेमा मिल्दै नमिलेको व्याकरण सहितको हेडलाइन बनाइएको समेत सरोकारवालाहरुको गुनासो छ ।
हुन त यो कान्तिपुरले गरेको पहिलो गल्ती भने होइन । यस्ता धेरै गल्तीहरु कान्तिपुर लगायतका ठुला मिडियाहरुले गरिसकेका छन् । नेपालको सबैभन्दा बढी विक्री हुने पत्रिकामा यस्ता गल्तीहरु कम गर्ने कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: