
- अर्थसरोकर डटकम
उपत्यकाको विद्यालयहरुमा बम राख्ने घटनाका मुख्य योजनाकार मीन देवकोटा र केशव दाहाललाई बिहीबार राती प्रहरीले काभ्रेबाट पक्राउ गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक रहेका देवकोटा र नेपाल क्रान्तिकारी कन्युनिष्ट पार्टी केन्द्र महासचिव दाहाललाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई काभ्रेमा लुकिछिपी हिडेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले जानकारी दिए। घटनाका अर्का योजनाकार सुमन श्रेष्ठ भने फरार रहेका छन्। उनीहरुले गत असोज ४ गते योङ कम्युनिष्ट फोर्स नेपाल नामक पार्टी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको नाममा दुई वटा विद्यालयमा बम विस्फोट र अन्य सात वटा स्कुलमा विस्फोटक पदार्थ राखेर आंतक मच्चाएका थिए।
प्रहरीले यसअघि पनि बम राख्ने घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। बम बनाउने कच्चा पदार्थसहित मुस्ताफिन अन्सारी र विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। बम विस्फोटकै दिन प्रहरी बम विस्फोटमा संलग्न रामेछाप दिमीपोखरीका ३१ वर्षका शंकर लाखे र सिन्धुली लाङपाङका चन्द्रबहादुर तामाङलाई पक्राउ गरेको थियो। उनीहरुले कलेज र विद्यालयमा अनियमितता भएको भन्दै धम्क्याउदै र चन्दा उठाउँदै आएका थिए। केही पूर्व लडाकुहरुले २०६२ सालमा योङ कम्युनिष्ट फोर्स नेपाल नामक पार्टी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र गठन गरेर राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्दै आउने समूह रहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्