Skip to content
LAXMI SUNRISE BANK

कौडा खेल्नेहरु प्रहरी नियन्त्रणमा

अर्थ सरोकार

  • अर्थ सरोकार  सम्बाददाता

काठमाडौं  – खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले १६ जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट २५ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरीले नक्साल भगवतीबहालमा रहेको होटल गणपतिको कोठा नम्बर १०५ मा बसेर जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।


प्रहरीले जुवा खेलिरहेका कपनका राजकुमार अधिकारी, ओम श्रेष्ठ, जावलाखेलका जितेन्द्र गफुल, वाफलका कुमार तामाङ, बुढानिलकण्ठका बाबुराम राना, टोखाका दीपक राई, ग्वार्कोका भाई महर्जन, राजु तामाङलाई पक्राउ गरेको हो। त्यसैगरी बौद्धका फुर्वा तामाङ, अजय लामा, चापागाँउका दिनेश शाही, भक्तपुरका विरु तामाङ, सामाखुशीकी कमलासिंह ठकुरी, कंलकीकी पूर्णिमा थापा र कृष्ण बस्नेतलाई पक्राउ गरेको हो।

 ‘जन्मदिनको पार्टी भनेर होटलको कोठा बुक गरेर कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेका हौं’, महानगरीय प्रहरी बृत्त, कमलपोखरीका प्रमुख डिएसपी माधव थापाले भने– ‘उनीहरु सबै व्यापार व्यवसाय गर्ने व्यक्ति भएको बताएपनि थप अनुसन्धान गरिरहेका छौं।’ जुवाको खालबाट १० लाख ९९ रुपैयाँ र उनीहरुको साथमा रहेको १४ लाख ६५ हजार एक सय गरी २५ लाख ६४ हजार एक सय रुपैयाँ र १६ वटा कौडा बरामद गरेको उनले जानकारी दिए।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK