
- अर्थ सरोकार सम्बाददाता
भरतपुर – अस्पतालजस्तो संबेदनशील ठाउँमा पनि जनस्वास्थ्यमाथि खेलबाड हुन थालेको छ। भरतपुरको एक नीजि अस्पतालको क्यान्टिनको खानामा शंखेकिरा भेटिएको छ । अस्पतालमा भर्ना भएका एक बिरामीलाई लागिएको खानामा शंखे किरा भेटिएको हो । भरतपुर २ क्षेत्रपुरका राम थापाले विरामी छोरालाई अस्पतालकै क्यान्टिनबाट खाना लगेका थिए । तर खानामा अखाद्य बस्तु भेटिएपछि अस्पतालले बिरामीको जीवनमाथि नै खेलबाड गर्ने गरेको तथ्य फेला परेको हो ।
प्रसाशन अझै मौन :
अस्पतालजस्तो संबेदनशील ठाउँमा यस्तो लापरवाही हुँदापनि स्थानीय प्रशासन मौन छ । ‘जिल्ला तहको अनुगमन समितिलाई समेत यो तस्वीर पठाइएको छ । तर कमिसनको लोभमा पल्किएकाहरुले कारवाही गर्न सकेका छैनन् ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । यता क्यान्टिन सञ्चालकले खानाको तस्वीर सार्वजनिक नगर्न दबाब दिएको समेत स्थानीयको भनाइ छ ।
बिरामीका आफन्त रुष्ट, क्यान्टिन सञ्चालक भन्छन्, ‘गल्ती भयो’
यता क्यान्टिन सञ्चालक भने गल्ती स्वीकार गर्दै यो घटना लुकाउने प्रयास गरिरहेका छन् भने विरामीकै खानामा फोहरमा हिड्ने शंखेकिरा पाइएपछि विरामीका आफन्तिहरु रुष्ट बनेका छन् । विरामीलाई दाल, भात, तरकारी र साग लगिएको थियो । शंखेकिरा सागमा भेटिएको हो ।
कानुनमा के छ ?
नेपालको प्रचलित कानुन अनुसार खाद्य मिसावट मुद्धामा क्यान्टिन सञ्चालकलाई १ देखि २ हजार रुपैयाँ र एक हप्तासम्म हिरासतमा राख्न सक्ने व्यवस्था छ । तर स्वास्थ्यका लागि निकै नै घातक मानिएको शंखेकिराल बिरामीको खानामा मिसाएर क्यान्टिन सञ्चालकले जनताको जीवनमाथि खेलबाड गर्न खोजेको आरोप बिरामीका आफन्तले लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्