Skip to content
LAXMI SUNRISE BANK

कसरी लोकमान गलत, ‘ खुम बहादुर खड्का ‘

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  लोकमानविरूद्ध लगाइएको महाभियोगको कुनै औचित्व छैंन । लोकमानलाई अहिले महाभियोग लगाउनु भनेको आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा ल्याइएको हो । एमालेको षडयन्त्रभित्र कांग्रेस फस्नु जरूरी छैन ।

लोकमान गलत थिए भने अहिले होइन हिजो पनि गलतै थिए । यदि साच्चै उनी गलत थिए भने उनलाई नियुक्ति गर्ने नेताहरू कसरी सही हुन सक्छ  मुलुकको संविधान र कानुनको रक्षा गर्ने ओहदामा बसेको तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले यदि लोकमानको अवस्था खराब थियो भने किन सिफारिस गरेको  यदि लोकमान गलत हो भने उनीमाथि छानबिन र कारबाही गर्नु परेन । नियुक्ती गर्ने मान्छे सही र नियुक्त भएको मान्छे गलत भन्ने हुन्छ ।
अत्तालिएर एमाले–माओवादीले यो प्रस्ताव ल्याएको हो । आफूमाथि छानबिन हुन सक्ने डरले माओवादी र एमालेले यो प्रस्ताव ल्याएका हुन् । हिजो कांग्रेसका नेताहरूलाई पर्दा ठीक र अहिले एमालेका केही नेताहरूलाई पर्दा गलत कसरी हुनसक्छ रु अख्तियार प्रमुखका लागि यदि लोकमानको अयोग्यता हो भने त्यो मुद्दा अदालतमा विचारधिन छ । त्यसलाई अदालतले नै फैसला गर्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK