
- अर्थ सरोकार सम्बाददाता
कावासोती – सिकिस्त बिरामी परेपछि उपचार गराई सार्वजनिक सभामा सहभागी हुन विहिबार आफ्नो निर्वाचन क्षेत्र नवलपरासीको गैँडाकोट आएका नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनको विषयमा दलबीच गतिरोध बढ्दै जाँदा संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका छन् ।
उनका अनुसार तीनवटा निर्वाचन गर्नु निकै चुनौती रहेको छ तर गर्छौं भन्ने दृढ शक्ति दलमा पैदा हुन सके सम्भव रहनेछ । ‘संविधान संशोधनबारे दलबीच सहमति हुन नसके देश ठूलो खाडलमा फस्न सक्छ, तर त्यो अवस्था आउन नदिन सबै मिल्नुको विकल्प छैन’, उनले भने ।
नवलपरासीको प्रदेश सीमा हेरफेरको हल्ला चले पनि नवलपुरबासीको ४ नम्बर प्रदेशमा नै बस्ने चाहना पूरा हुने डा कोइरालाले दाबी गरे । नवलपुरका जनताको भावनासँग खेलबाड गर्ने अधिकार कसैलाई नभएको उनले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्