कोलम्बिया – विगत चार बर्ष देखि जारी युद्धविरामलाई स्थाइरुप दिन भएको जनमतसंग्रहमा कोलम्वियाली जनताहरुले शान्ति सम्झौताको बिपक्षमा मतदान गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनएका छन् ।
आईतबार भएको जनमतसंग्रहमा शान्ति सम्झौताको विपक्षमा ५०।२५ प्रतिशत मत खसेको छ । चार बर्षलामो युद्धविरामालाई स्थाइरुप दिन गत हप्ता राष्ट्रपति जुआन म्यानियुल सान्तोष र फार्क समुहका सर्वोच्च नेता टिमिलोनो जिमिनजले शान्ति प्रकृयाका हस्ताक्षेर गरेका थिए । जनमतसंग्रहको नतिजाआएपछि राष्ट्रपति सान्तोषाले भने जनताबाट आएको मतको कदर गर्दै देशमा शान्ति स्थापना गर्नका लागि आफु सधै तत्पर रहेको बताए । उनले भने जनताले शान्ति सम्झौताको विपक्षमा मतदान गरेका छन्, यसको हामी सम्मान गर्छौं ।
यसवारे फार्क समुहका नेता सँग छलफल गर्न आफु क्युवा जानलगेको समेत बताएका छन् । फार्क समुहले पनि जनताको मतको कदर गर्ने र अब राजनीतिक प्रकृयामा जाने बताएका छन ।कोलम्बियाको गृहयुद्धलाई सबैभन्दा लामो युद्ध मानिन्छ ।