
- अर्थसरोकार डटकम
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बंगलादेशको राजधानी ढाका जाने भएका छन्। एमाले संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री ओली बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा उक्त पार्टीको २० औं त्रैवार्षिक सम्मेलनमा भाग लिन एक हप्ताका लागि बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्नेछन्।
कार्तिक ६ र ७ गते आयोजना हुने सम्मेलनमा सहभागी भएर अध्यक्ष ओली बंगलादेशको रुलिङ पार्टीको मन्त्रीहरु भेटघाट तथा ढाका युनिभर्सिटिमा आयोजना हुने विशेष कार्यक्रम सहभागी हुने कार्यक्रम तय भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए। ओलीसहित ओली पत्नी राधिका शाक्य, ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र एमाले नेता डा। राजन भट्टराईको टोली बंगलादेश जानेछ भने एक हप्तापछि कात्तिक १० गते स्वदेश फर्कनेछ। उक्त सम्मेलनमा कांग्रेसलगायतका दलका तर्फबाट समेत नेताहरु सहभागी हुनेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्