Skip to content
LAXMI SUNRISE BANK

एमाले नेतृत्व सरकारको नै मलुक विकासको बाटो हो केपी ओली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व नगरेसम्म मुलुक विकासको बाटोमा अघि बढ्न नसक्ने दावी गरेका छन्। ललितपुरमा शुक्रबार आयोजित चियापान समारोहमा अध्यक्ष ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन फेरि पनि एमालेले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए।
सत्ता साझेदार दल नेपाली कांग्रेसका शिर्ष तहका नेताबाट सरकार परिर्वतनको षडयन्त्र अनुरुप माओवादी केन्द्र र एमालेले महाभियोग प्रस्ताव ल्याएको टिप्पणी गरिरहेका बेला एमाले अध्यक्ष ओलीबाट सरकारको नेतृत्वको अभिव्यक्ति आएको हो। राजनीतिक स्थिरता कायम गर्दै समग्र आर्थिक विकासमा लम्किनका लागि मुलुकलाई एमालेकै नेतृत्व आवश्यक भएको अध्यक्ष ओलीको भनाई छ। उनले एमाले जनतामा लोकप्रिय भइहेका बेला गलत प्रचार गरेर फाइदा लिनेहरु सक्रिय भएको बताए।
अध्यक्ष ओलीले मुलुकमा सुशासन र पारदर्शीता कायम हुनुपर्छ भन्ने पक्षमा रहेकाले एमाले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा रहेको स्पष्ट बताए। एमाले जिल्ला कमिटी ललितपुरले दिपावली, नेपाल सम्वत ११ सय ३७, छठ, ल्होसार लगायतको अवसरमा चियापान समारोह गरेको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK