
- अर्थ सरोकार सम्बतदाता
नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कार्तिक महिनाभित्र मिति घोषणा गरेर चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्। गृह जिल्ला झापाको दमकमा सोमबार कार्यकर्ताहरुसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले मुलुकलाई अग्रगति प्रदान गर्न संविधान कार्यान्वयनसँगै स्थानीय चुनाव समयमै सम्पन्न गर्नुपर्ने बताए।
आन्दोलनमा रहेका दलहरुको मागलाई संविधान संसोधनमार्फत पूरा गरिने उल्लेख गर्दै उनले संविधान संशोधानमा एमालेले साथ दिनु पर्ने धारणा राखे। संविधान निर्माणका क्रममा एक भएका दलहरुले कार्यान्वयनमा समेत एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। यस्तै कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारको अहिलेको प्राथमिकताको विषय संविधान कार्यान्वयन सँगसँगै स्थानीय तहको निर्वाचन गराउनु रहेको बताए।
फरक प्रशंगमा दसैं तिहारको मौकामा यातायात ब्यवसायमा बेथिति मौलाउने बताउँदै उनले भने, ‘गाडीहरुले भाडादर भन्दा बढी लिएको पाइएमा, क्षमताभन्दा बढी यात्रु बोकेमा सरकाले कारवाही गर्छ। यातायात ब्यवसायीले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउँदा काठमाडौँबाट बाहिरिने यातायातले अग्रिम बुकिङ्ग बन्द गरेपछि सरकारले विद्यालय तथा सैनिकको गाडी सञ्चालनमा ल्याउन लाग्दा पूनः सूचारु गरेको बताए। दसैंको समयमा यातायात ब्यवसायीले ठगी गरे भने नजिकको प्रहरीमा खबर गर्न समेत उनले आग्रह गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्