
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माको आशिर्वादमा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनेका कुलमान घिसिङले प्राधिकरणभित्र मनपरी गर्न थालेका छन् । अर्थ सरोकारलाइ प्राप्त खबर अनुसार प्राधिकरणमा उनले आफ्नो नियुक्तिपछि विरोध र असहयोग गर्ने उच्च तहका कर्मचारीहरुप्रति प्रतिशोध साँधेर प्राधिकरणमा आंतक मच्चाउन थालेका छन् । उनी तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीबाट बर्खास्त भएका थिए ।
मन नपरेकाहरुसँग यस्तो प्रतिसोध :
प्रक्रिया मिचेर मन्त्रीकै पावरमा कार्यकारी निर्धेशक बनेको भन्दै कानुनी उपचारको बाटो खोजेका तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुनीलकुमार ढुंगेललाई घिसिङले सो जिम्मेवारीबाट हटाएका छन् । यता ढुंगेलसँगै रिट दायर गर्नेहरुमा उपकार्यकारी निर्देशक शेरसिंह भाट, प्रशारण निर्देशनालयका प्रमुख कन्हैयाकुमार मानन्धर, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख सुरेन्द्रराज भण्डारीलाइ पनि कसरी सिध्याउने भनेर उनी लागिरहेको प्राधिकरण स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी गरायो । उनीहरुले घिसिङको नियुक्ति खारेज गर्न अन्तरिम आदेशको माग गरेका थिए ।
मन्त्रीकै आग्रहमा केहि आयोजनाका प्रमुखहरुको पनि फेरबदल
यस्तै घिसिङले केही जलविद्युत् आयोजनाका प्रमुखहरु पनि फेरेका छन् । मध्यभोटेकोसी जलविद्युत आयोजनामा कालीगण्डकी जलविद्युत गृहका श्रीराम पाण्डेलाई लगिएको छ भने कालीगण्डकीमा मध्यमस्र्याङ्दीको राजेश पाण्डेलाई पठाइएको छ । मध्यमस्र्याङ्दीमा भने पशुपति गौतमलाई पठाउने टुंगो लगाएको छ । यसैगरी, रसुवागढी जलविद्युतमा रहेका प्रवल अधिकारीलाई फर्काएर लोकेन्द्र थापालाई पठाइएको छ ।
कर्मचारी रुष्ट :
घिसिङले मनपरी गर्न थालेपछी प्राधिकरणका कर्मचारी भने रुष्ट भएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्राधिकरणका एक कर्मचारीले भने, ‘अत्तिनै भइसक्यो ! घिसिङले प्राधिकरणमा आतंक मच्चाईरहेका छन् । हामी केहि गर्न सक्ने स्थितिमा पनि छैनौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्