
काठमाडौं – अवैध लागूऔषध डाइजोपामको तीन सय एम्पुलसहित बुधबार एक जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ। प्रहरीले वीरगंजबाट ल्याउँदै गरेको लागूऔषध डाइजोपामसहित पर्सा लिपनीविर्ता(४ का लक्ष्मीप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।
यादवले झोलाभित्र पत्रिकाले प्याक गरेर सिटको मुनि लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरिक्षक सुनिल दाहालले जानकारी दिए। वीरंगजबाट बिक्री गर्नका लागि ल्याएको अवस्थामा हामीले तीन सय एम्पुल डाइजोपाम बरामद गरेका हौ उनले भने, सिटको मुनि लुकाएर ल्याएको अवस्थामा फेला पारेका हौं।
तीन सय एम्पुलको उक्त लागूऔषधको अहिले कम्तीमा डेढ लाख पर्ने र काठमाडौंमा यसको माग अत्याधिक रहेकाले त्योभन्दा बढी जतिमा पनि बिक्री हुन सक्ने इन्स्पेक्टर उनले जानकारी दिए। यसअघि गत असोज १८ गते पनि ठुलो परिमाणमा लागूऔषध प्रहरीले बरामद गरेको थियो। वीरगन्ज र भैरहवाबाट ल्याएको तीन हजार दुई सय चार एम्पुल डाइजोपाम बरामद गरेको थियो। राजधानीमा विक्रिको लागि भनी ल्याइएको ती डाइजोपामसहित प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्