Skip to content
LAXMI SUNRISE BANK

पहिरोले पुरिँदा १ को मृत्यु २ बेपत्ता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको राम्चे गाविस ७ पुरानोगाउँमा पहिरोले पुरिँदा एकै घरका १ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। 
शनिबार बिहान साढे ५ बजे गएको पहिरोमा पुरिएर ३६ वर्षका रामकुमार तिमल्सिनाको मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पहिरोमा पुरिएर २८ वर्षका उद्धव तिमल्सिना र उनकी पत्नी सम्झना तिमल्सिना बेपत्ता भएका छन्। 
पहिरोमा पुरिएर ६६ वर्षका चन्द्रकान्त न्यौपाने, ५६ वर्षकी राधा तिमल्सिना र ३० वर्षकी कमला तिमल्सिना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि बाह्रबिसे पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको खबर आएपछि जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसी नेतृत्वको टोली उद्दारका लागि घटनास्थल पुगेको छ। उनीहरुले बेपत्ताहरुको खोजी गरिरहेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK