
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको मंगलबार चिसापानी रवि फाल्गुनन्द मार्गसडक(खण्डको अवलोकन गर्ने कार्यक्रम थियो। दिउँसो १२ बजे अवलोकनको कार्यक्रम तय गरिएपनि उनी ४ घण्टा ढिला गरी ४ बजेमात्र पुगे। कार्यक्रमस्थल इलामको बाँझो २ मार्चेबुङ्ग पुग्न दमकबाट करिब १७ किलोमिटर कच्ची सडक हुँदै जानुपर्ने थियो। प्रहरीलाई पनि मन्त्रीको कार्यक्रम र कार्यक्रमस्थलबारे जानकारी नरहेकाले प्रहरी भने राजमार्ग हुँदै झापाको सिमाना मोरंगस्थित उर्लाबारीतर्फ लागे। मन्त्री नआएपछि प्रहरी फर्किएर मन्त्रीको गाडीसँगै हिड्न थाल्यो। तर, बीच बाटोमा पुग्ने लाग्दा मन्त्रीको गाडी रोकियो। सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पूरीले गाडी किन रोकिएको भन्ने जिज्ञासा राख्दा मन्त्रीले आफू आजै काठमाडौं जानुपर्ने कार्यक्रमस्थल पुग्न नसकिने बताए।
आधा बाटो पुगेर कार्यक्रमस्थलसम्म पुग्न नसक्ने मन्त्रीको भनाइ सुनेपछि अध्यक्ष पुरीले मन्त्री लेखकलाई जसरी भएपनि कार्यक्रमस्थल पुग्नुपर्ने र जनताले कुरिरहेको बताए। त्यसको जवाफमा मन्त्री लेखकले पुन भने, भोलि काठमाडौंमा कार्यक्रम छ। त्यसैले म आजको कार्यक्रममा जान सक्दिन। मन्त्रीले यति भनेपछि आक्रोशत भएका अध्यक्ष पुरीले प्रश्न गरे, तपाईँ कार्यकर्ताको मन्त्री कि जनताको मन्त्री जनताको कार्यक्रममा सहभागी नभई कार्यकर्ताको सहभागी हुने उनीहरूबीच केही समय विवाद भयो।
उक्त क्रममा मन्त्री लेखक पनि रिसाउँदै भने तपाईँहरूलाई मैले यति सम्झाउँदा पनि केही लागेन, तपाईहरूले ज्ञापन पत्र दिए दिनुहोस्, नदिए नदिनुहोस् । मन्त्री लेखक रिसाएपछि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले पूरीलाई सम्झाउन थाले र यता मन्त्री लेखकले उपभोक्तासँग हात जोडेर माफी मागे र उपभोक्ता समितिको ज्ञापनपत्र बुझेर उनी फर्किए। उक्त सडक निर्माण भए झापा, मोरंग, इलाम र पाँचथरका करिब १२ लाख जनता लाभान्वित हुन्छन्। सडक निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि निर्माण कार्य सकिएको छैन। उक्त सडक गत वर्ष नेपाल सरकारको रातो किताबमा प्राथमिकता नम्बर(१ मा समावेश भएर निर्माण भइरहेको छ। उपभोक्ता समितिले मन्त्री लेखकलाई बुझाएको ज्ञापनपत्रमा अविलम्ब सडककालागि २५ करोड रकम विनियोजन गर्नु पर्ने, सडक निर्माणकालागि सरकारले छुट्टै अनुगमनकारी निकायको ब्यवस्था गर्नु पर्ने लगायतका माग रहेका छन्।
कार्यक्रममा नै नपुगी बिचबाटै फर्किए मन्त्री लेखक
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको मंगलबार चिसापानी रवि फाल्गुनन्द मार्गसडक(खण्डको अवलोकन गर्ने कार्यक्रम थियो। दिउँसो १२ बजे अवलोकनको कार्यक्रम तय गरिएपनि उनी ४ घण्टा ढिला गरी ४ बजेमात्र पुगे। कार्यक्रमस्थल इलामको बाँझो २ मार्चेबुङ्ग पुग्न दमकबाट करिब १७ किलोमिटर कच्ची सडक हुँदै जानुपर्ने थियो। प्रहरीलाई पनि मन्त्रीको कार्यक्रम र कार्यक्रमस्थलबारे जानकारी नरहेकाले प्रहरी भने राजमार्ग हुँदै झापाको सिमाना मोरंगस्थित उर्लाबारीतर्फ लागे। मन्त्री नआएपछि प्रहरी फर्किएर मन्त्रीको गाडीसँगै हिड्न थाल्यो। तर, बीच बाटोमा पुग्ने लाग्दा मन्त्रीको गाडी रोकियो। सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पूरीले गाडी किन रोकिएको भन्ने जिज्ञासा राख्दा मन्त्रीले आफू आजै काठमाडौं जानुपर्ने कार्यक्रमस्थल पुग्न नसकिने बताए।
आधा बाटो पुगेर कार्यक्रमस्थलसम्म पुग्न नसक्ने मन्त्रीको भनाइ सुनेपछि अध्यक्ष पुरीले मन्त्री लेखकलाई जसरी भएपनि कार्यक्रमस्थल पुग्नुपर्ने र जनताले कुरिरहेको बताए। त्यसको जवाफमा मन्त्री लेखकले पुन भने, भोलि काठमाडौंमा कार्यक्रम छ। त्यसैले म आजको कार्यक्रममा जान सक्दिन। मन्त्रीले यति भनेपछि आक्रोशत भएका अध्यक्ष पुरीले प्रश्न गरे, तपाईँ कार्यकर्ताको मन्त्री कि जनताको मन्त्री जनताको कार्यक्रममा सहभागी नभई कार्यकर्ताको सहभागी हुने उनीहरूबीच केही समय विवाद भयो। उक्त क्रममा मन्त्री लेखक पनि रिसाउँदै भने तपाईँहरूलाई मैले यति सम्झाउँदा पनि केही लागेन, तपाईहरूले ज्ञापन पत्र दिए दिनुहोस्, नदिए नदिनुहोस् ।
मन्त्री लेखक रिसाएपछि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले पूरीलाई सम्झाउन थाले र यता मन्त्री लेखकले उपभोक्तासँग हात जोडेर माफी मागे र उपभोक्ता समितिको ज्ञापनपत्र बुझेर उनी फर्किए। उक्त सडक निर्माण भए झापा, मोरंग, इलाम र पाँचथरका करिब १२ लाख जनता लाभान्वित हुन्छन्। सडक निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि निर्माण कार्य सकिएको छैन। उक्त सडक गत वर्ष नेपाल सरकारको रातो किताबमा प्राथमिकता नम्बर(१ मा समावेश भएर निर्माण भइरहेको छ। उपभोक्ता समितिले मन्त्री लेखकलाई बुझाएको ज्ञापनपत्रमा अविलम्ब सडककालागि २५ करोड रकम विनियोजन गर्नु पर्ने, सडक निर्माणकालागि सरकारले छुट्टै अनुगमनकारी निकायको ब्यवस्था गर्नु पर्ने लगायतका माग रहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्