×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्च अदालतले अख्तियार प्रमुख आयुक्त कार्कीको घरमा सूचना टाँस्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सर्वोच्च अदालतले अख्तियार प्रमुख आयुक्त कार्कीको घरमा सूचना टाँस्ने

Artha Sarokar

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अदालतमा उपस्थित हुन दिएको म्याद बुझ्न अस्वीकार गरेको भन्दै सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सूचना टाँस्ने भएको छ ।
अख्तियार प्रमुख कार्कीको नियुक्तिका विषयमा परेको रिटको सुनुवाईका लागि अदालतमा उपस्थित हुन तोकेको म्याद अस्वीकार गरेपछि सर्वोच्चले उनकै घरमा सूचना टाँस्न टोली पठाएको हो ।
सर्वोच्च अदालतको टोलीले कार्की निवास नयाँ बानेश्वरमा वडा सचिवको रोहबरमा सूचना टाँस्ने छ । कानुनी प्रावधानले घरमा सूचना टाँसेपछि उक्त म्याद कार्कीले बुझे सहर मान्य हुनेछ ।
अख्तियार प्रमुखमा कार्कीको नियुक्ति कानुनसम्मत नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले २०७० वैशाख २९ गते रिट दिएका थिए । सर्वोच्चले कार्की्विरुद्धको रिट २०७१ मा असोज ८ गते खारेज गरेको थियो ।
अधिवक्ता अर्यालले कार्की्विरुद्धको मुद्धा पुनरावलोकन हुनुपर्ने भन्दै सर्वोच्चमा पुन निवेदन दर्ता गरेका थिए । निवेदनको सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो ।
अधिवक्ता अर्यालले पत्र बुझे पनि कार्कीले पत्र बुझ्न अस्वीकार गरेका छन् ।

  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी