
संवैधानिक व्यवस्था अनुसार कुनै पनि संवैधानिक निकायको प्रमुखले विदा लिएर बन्नुपर्दा मन्त्रिपरिषद्लाई जानकारी गराएर राष्ट्रपतिसँग बिदा लिने प्रावधान छ । तर मन्त्रिपरिषद्,प्रधानमन्त्री देखि राष्ट्रपति भन्दा पनि आफूलाई माथि ठान्ने लोकमान सिंह कार्कीको हदमा यस्तो नियम लागू नहुँदो रहेछ ।
होइन भने, दश दिनको विदा स्वीकृत गराएर क्यानडा तिर हानिएका अख्तियार प्रमुख लोकमान सिंह कार्की २७ दिन बितिसक्दा समेत कसैको सम्र्पकमा छैनन । २७ दिन सम्म कार्यालयमा अनुपस्थित छन् तर विदा स्वीकृत गर्ने निकाय नै अनभिज्ञ छ।
संवैधानिक निकायका प्रमुखले राष्ट्रपतिसँग सपथ लिने हुनाले विदा पनि राष्ट्रपति कार्यालयमा नै लिनुपर्ने कानुनी प्रचलन छ । प्रमुख आयुक्त कार्कीले क्यानडा जानुअघि राष्ट्रपति कार्यालयमा विदाका लागि निवेदन दिएका थिए। उनले लिएको दश दिनको विदा असोज १३ गते नै सकिएको छ। विदा सकिएको महिना दिन बितिसक्दा समेत उनी काममा फर्केका छैनन्।
गत भदौ ३१ मा सर्वोच्चले योग्यतासम्बन्धि मुद्धा उल्ट्याएकै दिनबाट उनी कार्यलय गएका छैनन्।
लोकमानको मुद्धामा सर्वोच्चले नै विगतमा गरेको फैसलामा संविधानको व्याख्या ‘संवैधानिक सिद्धान्त’ विपरित भन्दै गत ३१ भदौमा ‘निस्सा प्रदान गरेको’ थियो। त्यसको दुई घण्टा पछि माओवादी लडाकुको नाममा गएको भत्तामा अनियमितता छानविन सुरु गर्ने भन्दै प्रवक्ता अघि सारेर उनले पत्रकार सम्मेलन गराएका थिए।
उनले यो प्रंसग उठाँउने वित्तिकै प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जर्नादन शर्माहरु समेत त्रस्त भएका थिए ।
‘उहाँबाट थप विदाका लागि यहाँ कुनै निवेदन आएको छैन,’ राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले भने, ‘उहाँ पहिले १० दिनको विदा स्वीकृत गराएर जानुभएको हो। त्यसबाहेक कुनै नयाँ जानकारी राष्ट्रपति कार्यालयलाई छैन।’
यता अख्तियारलाई समेत कार्की १० दिनको विदा लिएर करिब एक महिनासम्म नफर्कदा कहाँ गएको भनेर जवाफ दिन अप्ठेरो परिरहेको छ। अख्तियार प्रवक्ता गणेशराज कार्की प्रमुख कहिले फर्किन्छन् किटानी गर्न सक्दैनन्। त्यसो त कार्की क्यानडाबाट नयाँ दिल्ली आइसकेको चर्चा नचलेको होइन।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्