
व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले यो प्रकरणलाई अदालत र अख्तियार प्रमुखबीचको झन्झट हो भनेर संसदले आँखा चिम्लिन नमिल्ने बताए ।उनले न्यापालिकालाई सक्षम बनाउन र सही दिशामा अघि बढेको बेला न्यायालयलाई जनप्रतिनिधिले साथ दिनुपर्ने बताए । उनले भने, ‘बिगतमा पनि अदालतले नेताहरुलाई न्याय दिएको छ । अहिले अदालतलाई साथ दिनुपर्छ । सांसद मौन बस्न मिल्दैन ।’
कानुनविद समेत रहेका अधिकारीले हालसम्म संसदले महाअभियोग समिति गठन गर्न नसक्नुको कारण के हो भन्दै सभामुखलाई समेत प्रश्न गरे ।विशेष समयमै बोल्दै एमालेका सांसद रेवतीरमण भण्डारीले अदालतको म्याद तामेली गर्न गएका अदालतका कर्मचारीलाई हुलहुज्जतको शैलीमा अवरोध गर्नु न्यायिक सर्बोच्चको अपमान हो भने ।
भण्डारीले सादा पोशाकका प्रहरी समेत परिचालन गरेर अदालतको म्याद तामेल हुन नदिनुले राज्य नै गुण्डागर्दीमा उत्रिएको प्रष्ट हुने भन्दै यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद हो भन्दै उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत कठघरामा ल्याउनुपर्ने बताइन् ।
चौधरीले प्रश्न गर्दै भनिन, लोकमानसिंह कुन लोकको यमराज हुन् हाम्रो देशको कानुन कति लाचार छ लोकमानलाई संरक्षण गर्ने राजनीतिक दल नै हुन् । लोकमानको बचाउ गर्नेलाई देश निकाला गर्नुपर्छ र लोकमानलाई कानुनको कठघरामा ल्याउनुपर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्