×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः लोकमानको नाममा म्याद तामेल, यस्तो छ अबको कानुनी प्रक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्ततः लोकमानको नाममा म्याद तामेल, यस्तो छ अबको कानुनी प्रक्रिया

२ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लामो समयपछि सर्बोच्च अदालतको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नाममा म्याद तामेल गर्न सफल भएको छ । सोमबार सर्बोच्चको टोली उनको घरमा म्याद तामेल गर्न पुगेको थियो , तर त्यहाँ अवरोध भएपछि टोली फर्किएको थियो । त्यसपछि टोलीले वडा सचिवको सहयोग लिई वडा कार्यालय म्याद तामेलको सूचना टासेको हो।

मुलुकी ऐन र सर्बोच्च अदालत नियमावली अनुसार प्रतिवादीको डेरा, घर वा नजिकैको सार्वजनिक स्थलमा तामेली गर्न सकिने व्यवस्था छ। तामेलदारले त्यही व्यवस्था टेकेर वडा कार्यालयमा म्याद तामेल गरेको र त्यसको  मुचुल्का बनाएर  तामेलदारहरुले सर्वोच्च प्रसाशनलाई प्रतिवेदन बुझाएका छन्। सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले म्याद तामेल सोमबार बेलुका भएको पुष्टि गरे ।

कार्कीको नियुक्ति विवाद पुनरावलोकन हुने भन्दै अदालतमा उपस्थित हुन काटिएको म्याद तामेल भएको हो । तामेलदारले प्रतिबेदन दिएपछि लोकमानको मुद्दा पेसीमा चढ्न अब अवरोध हुने छैन। अब कार्कीले  १५ दिन भित्र अर्थात कार्तिक १५ भित्र लिखित जवाफ पेश गर्नु पर्ने छ  ।  उनले कार्कीले पाएको अवधिमा जवाफ नदिए अवधि कटाएर मुद्दा पेशी चढ्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी