×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकमानकोलो बाजा बजाउन कस्सिए ११ सांसद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लोकमानकोलो बाजा बजाउन कस्सिए ११ सांसद

Artha Sarokar

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकोमा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो ।
नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य हुनेछ ।
उक्त समितिमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, फर्मुल्ला मन्सुर, दीपकप्रसाद कुइँकेल, कुमारी लक्ष्मी राई, नेकपा एमालेका केशव बडाल, रेवतीरमण भण्डारी, पार्वत गुरुङ, सुशीला नेपाल, नेकपा माओवादी केन्द्रका रामनारायण बिडारी, अमनलाल मोदी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलना गर्न खोजेको आरोप लगाउँदै हिजो संसद् बैठकमा सांसदहरुले महाभियोग लगाएर हटाउन माग गरेको भोलिपल्ट समिति गठन गरिएको छ ।
एस काठमाडौंबाट
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी