Skip to content
LAXMI SUNRISE BANK

लोकमानलाई बचाउन प्रधानमन्त्री दाहालको यस्तो रहेछ सेटिङ

अर्थ सरोकार

काठमाडौं – कहिले  तामेलदार हराउने त कहिले वडा कार्यलयको सचिव । यस्तै नौटकीं लिरहेछ वानेश्वरमा । दुई पटक सर्वाेच्चको आदेश पालना गर्दै बिहीबार पुनः  शम्भु खत्रीसहितको टोलीले सूचना टाँस्न गएका थिए । तर टोलीका मूख्य मानिस नै हराएपछि फर्किन बाध्य भए बाँकी टोलीहरु ।
सर्वाेच्चले दुई दुई पटक सम्म कार्कीको घरमा सूचना टाँस्न नसक्नुको रहस्यमय कारण भन्दै अहिले प्रधानमन्त्री प्रचण्ड दोषी ठहरिएका छन् । त्यससँगै, बजारमा अहिले कार्कीको अख्तियारमा नियुक्ति र लडाकु शिविरमा भ्रष्टचार मुद्धाले चर्चा पाएको छ । अख्तियार प्रमुख कार्कीको नियुक्ति प्रक्रिया छानविनका क्रम चल्दै गर्दा कार्कीले लडाकु शिविरमा भएको भ्रष्टचारको मुद्धा व्युताउँन असोज २ गते पत्रकार सम्मेलन गरेका थिए । त्यसैक्रममा उक्त काण्डमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री कृष्णबहादुर महरा सहित माओवादीका २१ जना वरिष्ठ नेताहरु मुछिन गएको अख्तियारले पत्रकार सम्मेलनकै क्रममा जानकारी गराएको थियो तर अचानक प्रधानमन्त्री प्रचण्डको भारतीय राजकिय भ्रमण भएपछि सो मुद्धा स्थगित भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले चार दिने राजकिय भ्रमण सकेर स्वदेश फिर्ता भएसँगै भेला गराएको माओवादी बैंठकका नेताहरुलाई उक्त मुद्धा नव्युताउँन र अदालत सँग कार्कीलाई जोगाउँन आफुले सेटिङ मिलाइसकेको जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्री प्रचण्डले अदालत सँग सेटिङ मिलाएकोे खुलासाले अख्तियार प्रमुख कार्कीलाई जिउँ ज्यान जोगाउँन मुस्किल नपरेको र म्याद बुझ्न पटक पटक हिच्किचाएको समाचार बाहिर खुल्न आएको छ । साथै, लडाकु शिविरमा भएको ४ अर्व ४७ करोड रुपैयाको भ्रष्टाचारबाट उन्मुक्तिका लागि प्रधानमन्त्री दाहालले मिलाएको सेटिङको प्रतिफल स्वरुप कार्कीले म्याद नबुझेको र सर्बोच्चबाट म्याद तामेलीको सूचना टाँस पनि असफल भएको प्रमाणित भएको छ ।
बैशाख २९ गते अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति कानूनसम्मत नभएको भन्दै रिट दायर गरेसँगै यस घट्नाले उग्र रुप लिएको हो । बुधबार वडासचिव सरिता राई अनुपस्थित र कार्कीको घर भाडामा रहेको थाहा पाएसँगै सर्वाेच्चका टोलीहरु गेटबाटै फर्किएका थिए । त्यससँगै बिहीबार जसरी भएपनि सूचना टाँस्न कम्मर कसेर लागेका टोली नाइके तालमेल्दार शम्भु खत्री नै एकाएक गायब भएपछि घटनाले नयाँ मोड लिएको हो ।

  • एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK