Skip to content
LAXMI SUNRISE BANK

Exclusive: ठूला भ्रष्टाचार काण्डका फाइल सार्वजनिक गर्ने तयारीमा लोकमान ! को- को छन् जेलमा जाकिनेवालाहरु ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – लोकमान प्रकरणको चर्चा तिहार लागेसँगै केहि सेलाएकाबेला एउटा खास खुलासा भएको छ । तीन ठूला दलका नेताहरुको संलग्नतामा भएका ठूला घोटाला काण्डको फाइल लोकमानसिंह कार्कीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी थालेका एक गोप्य स्रोतबाट खुलेको छ । 
अर्थ सरोकार डटकमलाइ एक गोप्य स्रोतले दिएको जानकारी अनुसार माओवादी शिविरमाहजारौं नक्कली लडाकूको सुची बुझाई भएको अरबौंको भ्रष्टाचार, उद्योग पत्नी राज्यलक्ष्मी गोल्छालाई सभासद बनाउँदा असूलिएको करोडौं रुपैयाँ लगायतका ठूला प्रकरणका फाइल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने लोकमानले तयारी थालेका छन् । 
कुन–कुन काण्डको फाइल सार्वजनिक होला  त ?
स्रोतका अनुसार कांग्रेसका २१ जना नेता, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी नेताहरुले भ्रष्टाचार गरेको फाईल सार्वजनिक गर्ने तयारीमा यतिबेला कार्की छन् । हाल अख्तियार हाँकिरहेकाहरुले ती फाइल नष्ट गर्नका लागी तीनओटै दलका शिर्ष नेतृत्वबाट निर्देशन पाइरहेका बुझेपछि त्यसको एकप्रति बेलैमा सुरक्षित गरेका लोकमानले सबै भ्रष्टहरुलाई नंग्याउन लागेका हुन् ।
स्रोतका अनुसार, व्यवसायीहरु सचिनलाल श्रेष्ठ आचार्य, सतिशलाल श्रेष्ठ आचार्य, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, व्यवसायी दीपक भट्ट, लिटिल एन्जल्स स्कुलका सञ्चालक एवं साँसद उमेश श्रेष्ठ र म्यानपावर व्यवसायी तथा कांग्रेस नेता टेकबहादुर गुरुङ भ्रष्टाचारमा संलग्न भएको फाइल समेत सार्वजनिक गर्ने तयारी भइरहेको छ ।  त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने सांसद तथा लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठमाथि करिब ९० करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा रहेको स्रोतले बताएको छ ।  सो फाइल पनि बाहिर आउने छ ।
त्यसैगरी पूर्व श्रम राज्यमन्त्री एवं सांसद टेकबहादुर गुरुङले ६० करोड अकुत सम्पत्ति जोडेको फाईल अख्तियारमा छ । श्रेष्ठ र गुरुङ देउवाका विश्वासिला मान्छे हुन् । कार्कीलाई हटाउन श्रेष्ठ र गुरुङ जोडबलले लागिपरेका छन् ।

त्यस्तै कांग्रेसका अर्का नेता एवं सांसद बहादुरसिंह लामाले करिब ८ करोड हिनामिना गरेको फाईल समेत बाहिर आउँदैछ । उता सुडान घोटाला काण्डमा मुछिएका कांग्रेसका पूर्व गृहमन्त्री एवं नेता कृष्ण सिटौलाले ६५ करोड रकम हिनामिना गरेको फाईल पनि सोही  पत्रकार सम्मेलनबाट सार्वजनिक गरिनेछ ।

अव के हुन्छ ?
लोकमानको यस्तो तयारीबारे खुलासा भएपछी सबैको ध्यान यहि कुरामा गएको छ । अव कांग्रेस, एमाले र माओवादीका को को नेताहरु जेल जान्छन् भन्ने कुराको चर्चा हुन थालेको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK