
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यतिबेला लोकमान प्रकरणले पुरै राजनीतिक माहोल तताएको छ । लोकमान सिंह कार्कीलाइ महाभियोग लगाउने वा नलगाउने भन्ने विषय अहिलेको ‘टक अफ दी टाउन’ भएको छ । तर यो प्रकरणबारे चर्चा परिचर्चा भइरहँदा कार्कीमाथि किन महाअभियोग लगाईयो त भन्ने रहस्य पनि खुल्दै गएको छ । भ्रष्टाचार प्रकरणमा मुछिएका ठूला नेता तथा व्यापारीहरुलाई समात्ने अन्तिम तयारी भएपनि नियोजित रुपमा लोकमानमाथि महाअभियोग लागेको रहस्य खुलेको हो ।
अर्थ सरोकार डटकमलाई स्रोतले दिएको जानकारी अनुसार एनसेल कम्पनीका सेयर होल्डर सचिनलाल श्रेष्ठ आचार्य, सतिशलाल श्रेष्ठ आचार्य, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, व्यवसायी दीपक भट्ट, लिटिल एन्जल्स स्कुलका सञ्चालक एवं साँसद उमेश श्रेष्ठ र म्यानपावर व्यवसायी तथा कांग्रेस नेता टेकबहादुर गुरुङ समेत भ्रष्टाचार गरेको सूचीमा छन् ।
त्यस्तै पूर्व श्रम राज्यमन्त्री एवं सांसद टेकबहादुर गुरुङ, कांग्रेसका अर्का नेता एवं सांसद बहादुरसिंह लामा, घोटला काण्डमा मुछिएका कांग्रेसका पूर्व गृहमन्त्री एवं नेता कृष्ण सिटौला, एमाले नेताहरु वामदेव गौतम, सुवास नेम्वाङ, पूर्व कानुन मन्त्री अग्नि खरेल, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, राज्यलक्ष्मी गोल्छासँगै केपी शर्मा ओली विरुद्ध पनि अखित्यारको भ्रष्टहरुको लिष्टमा परेको स्रोतको दावी छ ।
यस्तै माओवादी लडाकु सेनाको नाममा भएको रकम हिनामिनाको विषयमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत उर्जा मन्त्री जनार्दन शर्मा, उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व गृह मन्त्री शक्ति बस्नेत लगायतका नेताहरु मुछिएका छन् ।
अनुसन्धान कारवाही प्रक्रियामा रहेका केही नेताहरुको नामावली निम्नानुसार छ :
- केपी शर्मा ओली, अध्यक्ष, एमाले
- वामदेव गौतम, उपाध्यक्ष, एमाले (पूर्व उपप्रधान तथा गृहमन्त्री)
- सुवास नेम्वाङ, पूर्व सभामुख एवं नेता, एमाले
- सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री एवं नेता एमाले
- राजेन्द्र पाण्डे, पूर्व स्थानीय विकास मन्त्री एवं नेता एमाले
- अग्नि खरेल, पूर्व कानुन मन्त्री एवं नेता एमाले
- राज्यलक्ष्मी गोल्छा, सांसद, एमाले
- पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं अध्यक्ष माओवादी केन्द्र
- जनार्दन शर्मा, उर्जा मन्त्री एवं नेता, माओवादी
- नन्दबहादुर पुन, उपराष्ट्रपति
- शक्ति बस्नेत, पूर्व गृहमन्त्री एवं नेता माओवादी
- कृष्ण सिटौला, पूर्व गृहमन्त्री एवं नेता, कांग्रेस
- उमेश श्रेष्ठ, सांसद, नेता, नेपाली कांग्रेस
- टेकबहादुर गुरुङ, सांसद एवं पूर्व श्रम राज्यमन्त्री, नेता नेपाली कांग्रेस
- बहादुरसिंह लामा, सांसद एवं नेता, नेपाली कांग्रेस
- आङछिरिङ शेर्पा, अध्यक्ष यति एयरलाईन्स
- दीपक भट्ट, ठेकेदार एवं व्यवसायी
- सचिनलाल श्रेष्ठ आचार्य, सेयरहोल्डर, एनसेल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्