
काठमाडौं – हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले लोकमान कार्कीलाई प्रधानमन्त्री बनाउन ठूलो चलखेल सुरू भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अध्यक्ष ठाकुरले खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाए जस्तै लोकमानलाई पनि मुलुकको प्रधानमन्त्री सुम्पने तयारी गरेको बताएका हुन् । ‘लोकमान कार्कीले अब चुनावी सरकारको नेतृत्व गर्ने छन्’, उनले भनेका छन्, ‘केही ठूला नेताहरूले नेपालको राजनीतिमा बाहुबली स्वतन्त्र व्यक्तिको खोजी गरिरहेका छन् ।’
संघका अध्यक्ष ठाकुरले अहिलेकै अवस्थामा दलहरू मिलेर राजनीतिक निकास नदिए मुलुकले लोकमान कार्कीको नेतृत्वमा चुनाव ब्यहोर्ने पक्कापक्की रहेको उल्लेख गरे । यस विषयमा दलका नेताहरूवीच भित्री सहमति भएको उनको दाबी छ ।
मुलुकमा दलका नेताहरूको स्वार्थका कारण संविधान कार्यन्वयन नहुने अबस्था छर्लङ भईसकेको उनको भनाइ छ ।
मुलुकलाई हिन्दू राष्ट्र बनाउनु पर्छ भन्नेहरूको आवाज बलियो र संगठित रुपमा उठ्न थालेको बताएका संघका अध्यक्ष ठाकुरले भने, ‘हिन्दू राष्ट्रका पक्षमा अभियान चलाउने बेला आइ सक्यो ।’
- दैनिक नेपाल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्