
काठमाण्डौ – अहिलेको सबैभन्दा बढी चर्चाको पात्र हुन लोकमानसिंह कार्की । यीनको नियुक्ती प्रकरणको बारेमा सर्वोच्च अदालतले प्रश्न उठाउने वित्तिकै लोकमान अहिले कता भूमीगत जीवन बिताइरहेकाछन आम नेपालीका लागि चासोको विषय बन्न पुगेको छ ।
यही चर्चा र चासोकै बीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्र लोकमान सिंह कार्की दुबईमा लुकेर बसिरहेको सनसनीपूर्ण खुलासा बाहिर आएको छ । चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर घटस्थापना अघि क्यानडा गएका कार्की हालसम्म देश बाहिर नै रहेका छन् ।
हिजै मात्र मात्र युएईको प्रसिद्ध व्यापारिक सेन्टर मानिने दुबई मलमा उनी घुमफिरमा रहेको अबस्थामा भेटिएको दुबई मलमा कार्यरत नेपालीहरुले बताएका छन् । कार्की एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको बताइएको छ ।
पटक पटक गरेर कार्कीले कात्तिक १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा उनको स्वीकृत समेत गरिसकेको छ ।उनको दुबई भ्रमणबारे नेपाली राजदूतावास युएईका द्धितिय सचिब कृष्ण अर्यालले पुष्टी गरेका छन् ।
उनले भने ‘उहाँ एक हप्ता अघी क्यानडा बाट युएई आउनु भएको हो, तर जानु भए नभएको बारेमा खबर छैन ।’
दसैंअघि नै म्याद तामेल गर्न खोजे पनि पटक–पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्