
काठमाडौँ – अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस गर्न गएको सर्वोच्च अदालतको टोलीलाई युवाहरुको एक समूहले रोकेको छ ।
सोमबार सूचना टाँस गर्न गएको सर्वोच्चका तामेलदार नेतृत्वको टोलीलाई कार्कीको घर आफूहरु (सामसुङ कम्पनी) ले भाडामा लिएको बताउने करिब एक दर्जन युवाहरुको समूहरले सूचना टाँस गर्न रोकेको थियो ।
आफूहरु सामसुङ कम्पनीको कर्मचारी बताउने उनीहरले लोकमान नबस्ने घरमा सूचना टाँस गर्न नदिने भन्दै उनकै कार्यालयमा गएर टाँस्नुपर्ने अडान लिएका थिए । सर्वोच्चको टोलीले आफूहरु घरमै सूचना टाँसेर जाने बताएपछि एकछिन विवाद भएको थियो ।
विवाद भएपछि पटक–पटक लोकमानको पुरानो बानेश्वरस्थित घरमा सूचना टाँस गर्न असफल भएको सर्वोच्चको टोली यसपटक पनि सूचना नटाँसी फर्किएको छ ।
उता सूचना टाँस्ने क्रममा रोहबरका लागि लोकमानको घरमा आउने बताएकी कडा सचिव सरिता राईले समेत बहाना बनाएर नआउने बताएकी थिइन् ।
अख्तियार प्रमुखको रुपमा वैधानिकता नपुगेका कार्कीलाई नियुक्त गरेको विषयमा छानबिन हुनुपर्ने भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको मुद्धाको पुनरावलोकनका लागि कार्कीलाई पटक–टिक अदालतमा उपस्थित हुन ताकेता गरेपनि उनी तर्किदै आएका छन् ।
जसका कारण अदालतमा उपस्थित हुन समयसीमा नै तोकेर कार्कीको घरमा म्यान टाँस्न लागिएको हो ।
- काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्