
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बिरुद्ध बुधबार संसद भवनमा १५७ जना संसदको हस्ताक्षरसहित अख्तियार प्रमुख कार्की बिरुद्धको महाअभियोग दर्ता भएपनि पेश गर्न अझै बाँकी नै छ । संसदको बिहीबारको बैंठकसँगै महाअभियोग पेश गर्ने कार्यक्रम तय गरिएपनि अन्ततः सो बैंठक स्थगित हुन पुगेको छ । संसदमा लोकमान महाअभियोग दर्ता भएसँगै सत्तासाझेदार दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रका आफू निकटका प्रभावशाली नेताहरुले नै ‘इन्तु न चिन्तु’बनाएका छन् ।
सभापति देउवालाई उपप्रधानमन्त्री बिमलेन्द्र निधि र सांसद अमरेशकुमार सिंह लगायतका नेताहरुले लोकमानलाई बताउने खेलमा लागिरहेका परेका छन् । उनीहरुले कसैगरि भएपनि सभापति देउवालाई महाअभियोग दर्ता प्रस्ताव असफल पार्न चेतावनी दिएपनि कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापा,धनराज गुरुङ लगायत अन्य नेताहरुले भने लोकमान महाअभियोग पेश गरि छाड्ने भनी लागिपरेका छन् ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ओर्लिए लगत्तै अख्तियार प्रमुख कार्कीले आफ्ना तीन जना प्रतिनिधिहरुलाई सभापति देउवा कहाँ पठाएर महाअभियोग विरुद्ध नलाग्न सन्देश दिइसकेका छन् । तर यसमा भने सभापति देउवाले भने कुनै प्रतिक्रिया दिइनसकेको उनी निकट एक नेताले जानकारी गराएका छन् ।
यता, एमाले अध्यक्ष केपी शर्मा ओली , माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच कुराकानी भएपछि तीनै नेता महाभियोग लगाउनेबारे एउटै निश्कर्षमा पुगेका थिए । तर, एक्कासी कांग्रेसमा महाभियोग लगाउन नहुने दवाव बढेपछि सांसदहरुको हस्ताक्षर संकलन गर्ने बेला देउवा मौन हुन पुगेका थिए ।
स्रोतले बताएअनुसार अख्तियार प्रमुख कार्कीले सभापति देउवाले लोकमान महाअभियोग बचाउँ गरेभने आगामी चुनावमा कांग्रेसको माहोल नै बेग्लै बनाउने बचन दिएका छन् ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्