
काठमाडौँ – पछिल्लो समय चर्चामा रहेका निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीका कारण दुई हाइ प्रोफाइल भ्रमण रद्ध भएका छन् ।
बुधबार सदनमा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख ओनसरी घर्ती र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।
छुट्टा–छुट्टै महत्वका दुई फरक देशको भ्रमणको सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा घर्ती र ओलीको भ्रमण रद्ध हुनुको पछाडि लोकमानविरुद्धको महाअभियोग प्रस्ताव नै मुख्य कारण हो ।
बिहीबार, सदनमा दर्ता भएको लोकमानविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेता पनि कांग्रेसको दबाब पछि संसद बैठक स्थगित भएको थियो । कांग्रेसलाई दोषी देखाइएपनि भारतले राजनीतिक दलका नेतामाथि दबाब सिर्जना गरेका कारण बैठक स्थगित भएको चर्चा पनि उत्तिकै छ ।
यस्तोमा शुक्रबार एक साताका लागि स्वीजरल्याण्ड जान लागेकी सभामुख घर्तीले एकाएक भ्रमण स्थगित गर्नुपरेको हो । बिहीबार नै महाअभियोग प्रस्तावमाथि छलफल गरेर अन्य प्रक्रिया तिहारपछि थाल्ने भनिएता पनि बैठक बस्न नसकेपछि उनको भ्रमण स्थगित भएको हो ।
सभामुखले भ्रमण स्थगित गरेता पनि ७ गते आइतबारका लागि बोलाइएको संसद बैठकमा लोकमानको विषयमा छलफल गरिने कार्यसूची रहेता पनि लोकमानका विषयमा कांग्रेस र माओवादीमा देखिएको मतविभाजन र भारतको दबाबका कारण फेरि बैठक स्थगित नहोला भन्ने कुनै आधार छैन ।
उता एमाले अध्यक्ष ओलीले पनि शुक्रबार हुने भनिएको बंगलादेश भ्रमण अन्तिम समयमा आएर स्थगित गरेका छन् ।
सदनमा महाअभियोग प्रस्ताव दर्ता गर्न खुबै दौडधुप गरेका ओलीले महाअभियोगको प्रस्तावलाई चतरक्कै छाडेर जान सकेनन् ।
प्रस्तावका विषयमा कांग्रेस र माओवादीबीच रहेको मतविभाजन र भारतको दबाबका बीच आफू विदेश जाँदा महाअभियोग प्रस्ताव उल्टिन सक्ने हेक्का ओलीको छ । महाअभियोग लगाउन पहल कदमी चालेका ओलीले केही कसैगरी सो प्रस्ताव फेल भएमा लोकमानले आफूलाई नछाड्ने बुझिसकेका छन् । त्यसैले पनि उनी यतिबेला सबैभन्दा बढी तनाबमा छन् ।
यस्तोमा महाअभियोगको समर्थनमा आउन दलहरुसँग लबिङ गर्ने जिम्मा पार्टीका अन्य नेतालाई दिएर ओली विदेश जान नसकेको राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।
लोकमानको विषयले देश तताइरहेको बेला महाअभियोग लगाएर लोकमानलाई हटाउन सकिन्छ या सकिदैन भन्ने निश्चित छैन तर यसै सन्दर्भमा दुई हाइ प्रोफाइल भ्रमण रद्ध हुनुले भने यो विषय कत्तिको महत्वपूर्ण रहेछ भन्ने दर्साउँछ ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्