Skip to content
LAXMI SUNRISE BANK

ओरालो लागेपछिका लोकमानस् क्यानडा उड्नु अगाडि ‘शेर’,स्वदेश फर्कदा ‘स्याल’

अर्थ सरोकार

काठमाडौं – क्यानडा उड्नु अगाडिको ‘शेर’ उताबाट फर्कदा ‘स्याल’ भएकै हुन त  बुधवार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यस्तै दृश्य देखा पर्यो ।बुधबार साँझ आठ बजे इत्तेहाद एयरवेजको उडानमा लोकमान सिंह कार्की काठमाडौं ओर्लिएका हुन्। उनी त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिएका थिए । कार्की आउनेबारे त्रिभुवन विमानस्थल प्रशासनले गोप्य राखेको थियो । 
उनी स्वदेश फर्कदै गर्दा त्यहाँको भिआइपी कक्ष समेत बन्द राखिएको थियो । इत्तेहाद एयरवेज अवतरणपछि एकाएक भिआइपी कक्ष खोलियो। भिआइपी कक्ष हुँदै आएका कार्कीको अनुहार मलिन देखिन्थ्यो । उनलाई लिनका लागि उनकी छोरी विमानस्थल पुगेकी थिइन। साथै त्यहाँ उनी नियमित चढ्ने अख्तियारको गाडी पनि विमानस्थल पुगेको थियो। उनको पछुवा हिँड्ने नेपाल प्रहरीको गाडी पनि साथै थियो।
सर्वोच्च अदालतले आफ्नो योग्यता सम्बन्धी मुद्दा पुनरावलोकनको लागि निस्सा दिएपछि प्रक्रिया छल्न विदेश गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार स्वदेश फर्कदा उनी बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भइसकेको थियो ।कार्की गत असोज ३ मा कार्की क्यानडा गएका थिए । क्यानडाबाट केही समयदेखि उनी दुबइ आएर बसेका थिए । संयोग यस्तो परेको छ उनी स्वदेश फर्कनु र उनको पद जानु एकैदिन परेको छ ।
६३ सालको जनान्दोलन हुँदा मुख्यसचिव थिए  लोकमान ।  जनान्दोलन दबाएका कारण तत्कालीन ज्ञानेन्द्र शाहको शासनकालका मुख्य सचिवबाट बर्खास्त मात्र गरिएको थिएन ।जनआन्द्योलनको दोषी समेत करार गरिएको थियो । तर यीनै लोकमानलाई त्यसको ६ बर्ष नकट्दै ०६९ सालमा पुनर्स्थापनामार्फत उनै लोकमानलाई दलहरुले नै स्यालबाट ‘शेर’ बनाएका थिए ।
हाम्रा सांसदहरु कतिसम्म निरिह र लाचार छन भन्ने यो अर्को उदाहरण हो लोकमान कार्की विरुद्ध महाअभियोग पास गराउनमा समेत ६०१ के सहमति जुटाउन सकेका छैनन । हाल १५७ सांसदले मात्र महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन । 
एस काठमाण्डौबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK