
काठमाडौँ – तीनबुँदे सम्झौता कार्यान्वयन नहुने देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ ।
दुई महिनाअघि कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई सरकार गठन गर्न सघाएको मोर्चाले आफ्ना असन्तुष्टिलाई दाहाल नेतृत्वको सरकारले बेवास्ता गरेपछि बाध्य भएर समर्थन फिर्ता लिने मनस्थिति बनाएको मोर्चाका नेताले बताए ।
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले माग पूरा गर्नुको साटो दिन/प्रतिदिन विभिन्न बहाना बनाउँदै संविधान संशोधनलाई धकेल्न थालेपछि समर्थन फिर्ता लिने अवस्था आएको बताए ।
‘अब हामी बढीमा संविधान संशोधनका लागि छठ पर्वसम्म सरकारको निर्णय पर्खन्छौं,’ झाले भने, ‘त्यतिबेलासम्म पनि संशोधन नहुने हो भने पहिलो विरोधस्वरुप सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’
गत साउन १९ गते कांग्रेस–माओवादी गठबन्धनको सरकार बनाउन मोर्चामा आवद्ध सातवटा मधेसवादी दलका ४२ सांसदले दाहाललाई मतदान गरेका थिए । कांग्रेस र माओवादी नेताले प्रधानमन्त्रीका लागि दाहाललाई मत माग्दा गरेका तीनबुँदे सम्झौता एक महिनाभित्र कार्यान्वयन गर्ने सहमति गरेका थिए ।
‘कहिलेसम्म सरकारलाई पर्खने ?’ उनले भने, ‘आफैंले प्रतिबद्धता जनाएको सहमति कार्यान्वयन हुन सक्दैन भने यो सरकारलाई किन टिकाउने ?’ उनले आक्रोश पोखे । सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने मोर्चाका नेताहरूको भनाइ छ ।
- नागरिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्