×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद शाहीलाई आएको ज्यान मार्ने धम्कीबारे सनसनीपूर्ण खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांसद शाहीलाई आएको ज्यान मार्ने धम्कीबारे सनसनीपूर्ण खुलासा

९ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएपछि सुरक्षा संयन्त्रमा खैलाबैला मच्चीयो ।
प्रधानमन्त्रीको पार्टीका नेता त्यसमा पनि सांसदमाथि ज्यान मार्ने धमकी आउनु सुरक्षा निकायका लागि टाउको दुःखाइको विषय हुने नै भयो । शाहीमाथि ज्यान मार्ने धम्की आएपछि प्रहरी मुख्यालयले सांसदमाथि सो धमकी दिनेको खोजी गर्न आफ्ना देशभरका युनिटमा सर्कुलर गर्यो ।
तर, खबर आयो कतैबाट पनि धम्की आएको पुष्टी भएन । प्रहरी मुख्यालयले यत्तिमा चित्त बुझाएन र कल डिटेल खोज्न थाल्यो । शाहीको मोबाइल नम्बर (९८५११७७७३३) मा एक हप्ताभित्र आएका टेलिफोन रेकर्ड मगाएर प्रहरीले अनुसन्धान गर्यो । तर, शाहीको दाबी प्रमाणीत हुन सकेन ।
प्रहरी व्रवक्ता डिआईजी हेमन्त मल्लले समाचारमा आएजस्तो शाहीमाथि ज्यान मार्ने धम्की आएको पुष्टी नभएको बताए । उनले शाहीले सुरक्षाका लागि प्रहरीमा समेत कुनै जानकारी नदिएको बताए ।
‘आज मैले बुझेको छैन’, मल्लले काठमाण्डु टुडेसँग भने, ‘हिजो (सोमबार) सम्म कतै रिपोर्ट परेको छैन ।
धम्की आएको भए किन सुरक्षा माग्दैनन् शाही ? उनले ज्यान मार्ने धम्की आएको संचारमाध्यममार्फत खुलासा गरेता पनि प्रहरी समक्ष सुरक्षा मागेका छैनन् । प्रहरीले पनि शाहीलाई सुरक्षा चाहिएको नचाहिएको सोधेको छैन । ‘सुरक्षा भएन भने सुरक्षा दिने हो, ‘मल्लले भने, ‘अहिलेसम्म उहाँले सुरक्षा माग्नु भएको छैन ।’
कसरी सार्वजनिक भएको थियो दाबी ?
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शाहीले आइतबार आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गरेका थिए । शाही अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको प्रस्तावक हुन् । सोही प्रस्ताव दर्ता गराएकाले धम्की आएको उनको दाबी छ ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी