×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब म्यानपावरले एजेन्ट राख्न नपाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अब म्यानपावरले एजेन्ट राख्न नपाउने

Artha Sarokar

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था गरेको छ । वैदेशिक रोजगार ऐन–२०६४ को संशोधित मस्यौदामा म्यानपावरले एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्टविरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विद्द डा. गणेश गुरुङले गरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबनट ठगिने गरेको देखिएको थियो । गुरुङको प्रतिवेदनले कामदारको म्यानपावर एजेन्सीसम्मको पहुँच स्थापित गर्नुपर्ने सुझाव दिएको थियो ।

  • कारोबार दैनिकबाट

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी