Skip to content
LAXMI SUNRISE BANK

यसो गर्ने भारतीय नेतालाई पाकिस्तानको नागरिकता लिन मन्त्रीकै सुझाव

अर्थ सरोकार

एजेन्सी– पाकिस्तानी भूमिका छिरेर भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकको विरोध गर्नेलाई पाकिस्तानको नागरिकता लिन केन्द्रीय मन्त्री उमा भारतीले आग्रह गरेकी छन् ।
पाकिस्तानले सर्जिकल स्ट्राइकको प्रमाण मागेका बेला भारतमा समेत आशंका उब्जिएपछि उनले आशंका गर्ने नेतालाई पाकिस्तानको नागरिकता लिन सुझाएकी हुन् ।
भारतीय मिडियाका अनुसार भारतीयले भनेकी छन्, ‘जुन नेताले पाकिस्तानलाई सर्जिकल स्ट्राइकको प्रमण दिनुपर्छ भन्ने लाग्छ, उनीहरुले पाकिस्तानको नागरिकता लिँदा हुन्छ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK