
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं -अन्तरजातीय बिबाह गरेका काठमाडौंका एक जोडीले बिहे खर्च कटाएर उक्त रकम समाजसेवाका लागि छुट्याएका छन् । बेहुला रेजक उप्रेती र बेहुली जयन्ती श्रेष्ठ उप्रेतीले बिहे खर्चबाट केही रकम जोगाएर असाहय बालवालिकाको पढाई र मन्दीर निर्माणका लागि रकम प्रदान गरेका हुन् ।
रौतहट मुल घर भएका रेजक नेपाल वायुसेवा निगममा कार्यरत राजन उप्रेतीका छोरा हुन् । निगमको आधिकारीक कर्मचारी युनीयनका अध्यक्ष समेत रहेका राजनले छोरा बुहारीलाई सामाजिक काममा उदाहरणीय पात्र बन्न हौस्याएको बताइन्छ ।
नेकपा एमालेको नारायणी अञ्चल सम्पर्क कमिटीका सदस्य समेत रहेका राजनले शसस्त्र प्रहरी बलको मुख्यालयमा सोमबार आयोजित बैबाहिक समारोहमा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट सो सहायता रकम सम्वन्धीत संस्थालाई हस्तान्तरण गर्न लगाएका हुन् ।
कतार एयरबेजमा कार्यरत रेजक र नेपालकै प्रतिष्ठीत पाँचतारे होटेलमा जागिर खाइरहेकी जयन्तीबीच भएको प्रेम बिबाह अहिले यो सहायता प्रदानपछि सर्वत्र चर्चामा छ । कार्यक्रममा असाहय बालवालिकाको शिक्षाका लागि रौतहट विकास गुठीका अध्यक्ष सांसद लालबाबु यादवलाई ५१ हजार रुपैंया हस्तान्तरण गरिएको थियो भने चन्द्रागिरी नगर पालिका ढुङ्गेअड्डामा महादेव मन्दिर निर्माण गर्न निर्माण समितिका अध्यक्ष प्रमिला लामिछानेलाई ५१ हजार रुपैंया हस्तान्तरण गरिएको थियो ।
आर्थिक हैसियत छ भन्दैमा तडक भडक गरेर समाजमा नराम्रो सन्देश छर्नुभन्दा अलि अलि रकम बचाउनुका साथै साधारण भोज दिएर बचेको रकम समाजसेवामा लगाउन पाँउदा आफुलाई गौरवको अनुभुती भएको बेहुलाका पिता राजन उप्रेतीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्