Skip to content
LAXMI SUNRISE BANK

माओवादी केन्द्रको बैठक बस्दै

अर्थ सरोकार

  • अर्थसरोकर डटकम  

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक अहिले जारी छ।  बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटमा बसिरहेको छ। बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग सम्बन्धी प्रस्तावका विषयमा छलफल हुनेछ। 
माओवादी केन्द्रकै सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक भएर कार्कीविरुद्व बुधबार महाअभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका नेता अग्नी सापकोटाले भने बैठकमा संविधान संसोधन, सरकारका कामकारवाहीलगायतका विषयमा छलफल हुने बताए।
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK