×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिजीका २ स्मार्टफोन सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिजीका २ स्मार्टफोन सार्वजनिक

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिजी मोबाइल कम्पनीले नयाँ दुई स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इओन ब्लेजसिरिज अन्तर्गतका इओन ब्लेज सिक्स र इओन ब्लेज प्रो गरी दुई मोडलका मोबाइल नेपाली बजारमा भित्र्याएकाे छ ।
कम्पनीले बजारमा ल्याएको इओन ब्लेजमा ६ इन्चको एचडी डिस्प्ले छ । फोनमा १३ मेगा पिक्सलको रियर र सेल्फीका लागि ५ मेगा पिक्सलको क्यामेरा जडान छ ।
एन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्री छ । एक जीबी र्याम छ भने १६ जीबी इन्टर्नल स्टोरेज क्षमता छ । यो मोबाइलको कम्पनी मूल्य ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।
यसैगरी इओन ब्लेज प्रोमा भने ५.५ इन्चको डिस्प्ले छ । यो स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर र ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ ।
२४ सय एमएएच पावर ब्याट्री रहेको मोबाइल सेटमा १ जीबीको र्यामको साथमा १६ जीबीको इन्टर्नल स्टोरेज क्षमता छ । यो स्मार्टफोन नेपाली बजारमा मूल्य ९ हजार ६ सय ९९ रुपैयाँमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी