
‘हजुर, हजार साट्दा ५० रुपैयाँ मात्र बढी हो । कति दिऊँ, हजार कि दुई हजार ?’ राजधानीको सुन्धारा सडकपेटीमा नयाँ नोट बेचिरहेका व्यापारीले सोधे ।
‘सक्कली त हो नि ?’ बटुवाले शंका गरे । ‘सक्कली हो, हेरेर लैजानुस् ,’ व्यापारीले आश्वस्त पारेपछि बटुवा नोट साटेर फटाफट गन्तव्यतिर लागे ।
अर्का बटुवाले पनि दसैंका लागि नयाँ नोट साट्न खोजे, ‘तीन–चार हजारको लैजान्छु, अलि मिलाइदिनुस् न !’
नेपाल राष्ट्र बैंक परिसर घन्टौं लाम बसेर हजारौं नोट साटिरहेकै बखत राजधानीका सुन्धारा, भोटाहिटी, रत्नपार्कलगायत सडकपेटीमा भने सहजै नयाँ नोट कारोबार भइरहेको थियो । साटेबापत व्यपारिलाई दिने कमिसनमा बार्गेनिङ चलिरहेको थियो । बटुवा दैनिक उपभोग्य वस्तु वा दसैंमा बाध्यताझैं बन्ने कपडा किनबेचमा जस्तो नोट साटफेरमा व्यस्त देखिन्थे ।
राष्ट्र बैंकले सर्वसाधारणलाई सर्वसुलभ नयाँ नोट साट्ने व्यवस्था मिलाएको दाबी गरेपनि सेवाग्रहाीले सास्ती खेपिरहेका छन् ।
- नागरिक दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्