
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चिसो पेय पदार्थ माउन्टेन ड्युमा अखाध्य बस्तु भेटिएको छ । बरुण वेभेरेज नेपाल प्रा.लि.द्वारा उत्पादित पेय पदार्थ ड्युको बोतल भित्र लेउ लागेको ढुंगा अथवा फोहोरको डल्लोजस्तो देखिने अखाध्य बस्तु भेटिएको हो।
काठमाडौँको कोटेश्वरस्थित एक खाजा पसलमा चिसो पेय पदार्थ खाने क्रममा सिल नतोडिएको ड्युको बोतलभित्र मानव स्वास्थ्यमा खेलबाड गर्ने किसिमको अखाध्य बस्तु मिसाइएको भेटेपछि उपभोक्ताले तत्काल इमान्दार मिडियालाई जानकारी गराएका छन्।
यसभन्दा अगाडी पनि २०७३ साल वैशाख पहिलोसाता सर्लाहीमा बरुण वेभेरेज नेपाल प्रा.लि.द्वारा नै उत्पादित ड्युमा अखाध्य पदार्थ सर्पजस्तो देखिने बस्तु भेटिएको थियो भने त्यसको ठिक तीन महिनापछि असार २० गते पनि काठमाडौंको प्रदर्शनीमार्गमा ड्युमै अखाद्य बस्तु भेटिएको थियो।
पुनः त्यसको ३ महिना नबित्दै असोज १४ मा ड्युको बोतलभित्र अखाध्य बस्तु भेटिनुले बरुणको हदैसम्मको लापरबाही निरन्तर दोहोरिएको प्रष्ट देखिन्छ ।
उपभोक्ताको स्वास्थ्यमाथी गम्भीर खेलबाड गर्ने गरी ड्युको बोतल भित्र बारम्बार अखाद्य बस्तु भेटिदा पनी उत्पादक कम्पनीका कर्मचारीहरु कहिल्यै मिडियामा बोल्न चाहादैनन् ।
के भन्छन उपभोक्ता ?
ड्युमा अखाध्य बस्तु भेटिएपछि इमान्दार मिडियालाई प्रतिकृया दिदै उपभोक्ता रञ्जित राइ (नाम परिबर्तन) ले यसरी ३ करोड नेपालीको स्वास्थ्यमाथी गम्भीर खेलबाड गर्ने कम्पनीलाई कारबाही गर्न माग गरेका छन् । उनले भने “यदी सरकारी निकायले कारबाही गर्दैन भने हामी सम्पूर्ण उपभोक्ता मिलेर कम्पनीमा सिलबन्दी गर्नेछौ, यस्तो लापरबाही एक वा २ पटक नभएर बारम्बार दोहोरिदै तेहेरिदै गइरहेको छ ।”
उनले अगाडी थपे, ‘यसबारेमा तपाईहरुको लापरबाही देखियो भनेर कम्पनीका कर्मचारीलाइ जानकारी गराउन खोज्दा सुरक्षा गार्डमा खटिएका व्यक्तिले कर्मचारी सम्म कुरा पुर्याउन नदिएरै आलटाल गरे र उल्टै कति पैसा चाहियो भन्दै गैर जिम्मेवारपूर्ण अबिब्यक्ति दिए ।’
बोल्नै मान्दैनन् बरुणका कर्मचारी
यसबारेमा इमान्दार मिडियाले प्रतिक्रिया लिन खोज्दा बरुणका कर्मचारी बोल्नै मानेनन्। पटक पटक फोन गर्दा पनि विभिन्न बहानामा आलटाल गरिरहे ।
हाम्रो टोली कार्यालयमै पुग्दा समेत उनीहरुले प्रतिक्रिया दिन मानेनन् कम्पनीको सुरक्षामा खटिएका गेटपालेले भने “सुरक्षागार्ड बाहेक अरु कसै संग मिडियाका मान्छेलाई भेट्न नदिनु भन्ने आदेश आएको छ । हामि तपाइहरुलाई भित्र प्रवेश गर्न दिदैनौ ।”
यस्तो भन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
हामीले यसबारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालय प्रमुख प्रमोद कोइरालालाई सोधेका थियौ उनले यदी प्रमाण भेटिए कानुन अनुसार कारबाही गरिने आश्वासन दिए । उनले भने “प्रमाण सहित लिएर हाम्रो कार्यालयमा आउनुहोस हामी बरुणलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाउने छौ ।”
के छ कानुनमा ब्यबस्था
यसरी चिसो पेय पदार्थमा अखाध्य बस्तु भेटिएको खण्डमा खाद्य ऐन अनुसार उत्पादक कम्पनीको लापरबाहीका कारण दोषि पाइएमा पहिलो पटकलाई एक हजार रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय व्यवस्था गरेको छ । तर, उपभोक्ता संरक्षण ऐनमा भने ५ लाख रुपैयाँ जरिवाना र १४ वर्ष कैद सजायको व्यवस्था गरेको छ ।
हेर्नुहोस भिडियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्