×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुमारामले दिए माओवादी र एमालेलाई धन्यवाद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुमारामले दिए माओवादी र एमालेलाई धन्यवाद

Artha Sarokar

५ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकर सम्बाददाता 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्द ब्यबस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ  । प्रस्तावमा एमालेका  र माओबादीका  सांसदले हस्ताक्षर गरेका छन् । एमालेले आफ्ना अन्य सांसदलाई हस्ताक्षर गर्न निर्देशन दिएको छ भने माओबादी भित्र पनि अब पछि हट्न नहुने आवाज उठेको छ । कांग्रेसले भने पार्टीको औपचारिक धारणा सार्बजनिक गरेको छैन ।

उता केहि समय अघिमात्र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट अलग भएका मुमाराम खनालले लोकमानको बिषयमा सामाजिक संजाल ट्वीटरमा एक ट्वीट गरेका छन् । ट्वीटमा उनले आफ्नो पुरानो पार्टी नयाँ शक्तिलाई उनले कुरीकुरीु भन्दै जिस्क्याएका  छन् । त्यस्तै उनले प्रस्तावमा प्रष्ट एमाले र माओवादी केन्द्रलाई धन्यवाद दिएका छन् । अनिर्णित कांग्रेसलाई भने  ढूलमुलको संज्ञा दिदै धारेहात भनेका छन्र र  मौन ुनयाँ शक्तिुलाई कुरीकुरी भनेका हुन्  । 
साथै उनले अर्को ट्वीटमा लोकमानलाई नियुक्त गर्ने नेताहरुलाई खलनायकको संज्ञा दिएका छन् । उनले लेखेका छन् ुअहिलेको अर्जुन(दृष्टि लोकमानको बर्खास्तगी हो । उनको नियूक्तिमा शिर्ष नेताहरुको खलनायकीय भूमिकाको हिसाब(किताब त्यसपछि गरौंला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी