
काठमाडौं – हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दशैंमा २७ करोड रुपैयाँको भेडा र च्याङ्ग्रा बिक्री भएको छ। मुस्ताङबाट असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा र च्याङ्ग्रा बिक्री हुँदा यति रकम आम्दानी भएको हो। जिल्ला पशु सेवा कार्यालयका अनुसार यसवर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा जिल्लाबाट बिक्री गरिएको छ।
किसानले प्रति भेडा र च्याङ्ग्रालाई १३ हजार रुपैयाँमा बिक्री गर्दा यसवर्ष २७ करोड ३५ लाख रुपैयाँ मुस्ताङ भित्रिएको कार्यालय प्रमुख डा नन्दलाल वर्माले जानकारी दिए। जोमसोम र कागबेनी क्षेत्रका किसानबाट खरिद गरेर स्थानीय व्यापारीले देशका बिभिन्न ठाउँका ब्यापारीलाई भेडा र च्याङ्ग्रा बिक्री गर्ने गर्छन्। गतवर्ष तिब्बतबाट भेडा र च्याङ्ग्रा कम मात्र नेपाल भित्र्याइएको थियो भने भने यसवर्ष तिब्बतबाट भेडा, च्याङ्ग्रा नल्याइएको डा बर्माले बताए।
उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप गाविसका किसानले पालेका भेडा, च्याङ्ग्रा बजार ल्याइएको हो। मुस्ताङका किसानले दशैंलाई नै लक्षित गरी व्यावसायिक रुपमा भेडा र च्याङ्ग्रा पालन गर्दै आएका छन्। मुस्ताङबाट बिक्री हुने भेडा र च्याङ्ग्रा बेनी हुँदै काठमाडौं, पोखरा, चितवन, बागलुङ, पर्वत लगायतका जिल्लामा बिक्री गरिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्