
- अर्थ सरोकार सम्बतदाता
सरकारले एक गाउँ एक उद्योग स्थापनाको रणनीति ल्याउने भएको छ । रोजगारका लागि विदेश पलायन भइरहेका युवालाई घरमै उत्पादन गरेर आम्दानी गर्नसक्ने वातावरण सिर्जना गर्नका लागि एक गाउँमा एक उद्योग स्थापना गर्नका लागि तयारी थालिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए। बुटवलमा उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा उनले उद्योग खोल्न चाहने जोकोहीलाई तालिमसँगै हौसला दिनका लागि हरेक जिल्लामा उद्यमी उत्प्रेरक राख्ने बताए।
‘उत्प्रेरकले कुन ठाउँमा के को उद्योग खोल्न सकिन्छ र कति लगानी लाग्छ, कसरी स्थापित हुन सकिन्छ जस्ता कुराहरु उद्यमी बन्न चाहनेलाई सिकाउने छन्।’ उद्योगमन्त्री जोशीले बताए। मन्त्री जोशीले राजनीतिक दलहरुले औद्योगिकीकरण नगरी विकास संभव नहुने कुरा बुझिसकेको भन्दै औद्योगिकीकरणबाट नै मुलुक समृद्ध हुने बताए।
‘अब हाम्रो मुख्य चुनौती भनेको ऋण खोजेर विदेश जाने युवालाई यहीँ रोकेर त्यही पैसाबाट उद्योग खोल्नका लागि उत्प्रेरणा दिने हो, यसका लागि उद्योगी व्यवसायीहरुले नै अगुवाई गर्नुपर्छ–उनले भने–शहरमा केन्द्रित भएका उद्योगी व्यवसायीहरु अब गाउँमा जानुस्, गाउँमा उद्यमी उत्पादन गर्नुस् ।’ उनले बन्द भएका उद्योगहरु छिटै सञ्चालन गर्नका लागि सरकारले तयारी गरिरहेको बताए।
उनले भने–ुसरकारले सक्ने उद्योगहरु सरकारले सञ्चालन गर्छ, नसक्ने निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गर्छ ।’ उनले बुटवलको धागो कारखाना सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालनका लागि गृहकार्य गरिरहेको बताए। मन्त्री जोशीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको प्रक्रिया पनि अघि बढाइएको बताए।
मन्त्री जोशीले सोमबार नै रुपन्देही उद्योग संघको साधारण सभाको उद्घाटन गर्दै उद्योगी व्यवसायीले सरकारलाई मात्रै दोष देखाउन नहुने बताए। उनले उद्योगीहरुलाई प्रेरित गर्नका लागि सरकारले कार्यक्रमहरु ल्याइरहेको बताए । यसै कार्यक्रममा रुपन्देही उद्योग संघ र नेपाल पत्रकार महासंघ रुपन्देहीले संयुक्त रुपमा स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कार २०७१ बाट दैनिक पत्र दैनिकका वरिष्ठ संवाददाता लक्ष्मण पोखरेल पुरस्कृत भए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्