Skip to content
LAXMI SUNRISE BANK

भारत–पाकिस्तान तनावले कैलालीका नाका बन्द !

अर्थ सरोकार


कैलाली- भारत पाकिस्तानको मुद्दालाई कारण देखाउँदै भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले कैलाली जिल्लाका ३ वटा सीमानाका ठप्प पारेको छ । आजदेखि असोज १८ गतेसम्म नाकाहरु ठप्प पारिएको हो ।

टीकापुरमा रहेको खकरौला नाका, भजनीको गुलरियााट नाका र मरियाघाट नाका ठप्प पारेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक गौतम मिश्रले जानकारी दिए  ।

उता, भजनी त्रिशक्ति नगरपालिका दुई सीमा नाका वन्द गरिएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी नायव निरिक्षक धर्मानन्द जोशीले बताए। सीमा नाका ठप्प पारिँदा रोजगारीका लागि भारत गएका नेपालीहरु दशै मनाउन घर आउन समस्या हुने देखिएको छ ।

  • एसियन समाचार
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK