
काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड छिट्टै देशद्रोही साबित दाबी गरेका छन्। रफत सञ्चार क्लबले सोमबार गरेको साक्षत्कार कार्यक्रममा बिजुक्छेंले वर्तमान कठीन परिस्थिति ल्याउनकै लागि जनयुद्धमा भारतले सहयोग गरेको बताए। र माओवादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप उनले लगाए। भारतले आफ्नो आवश्यकता पुरा गरिसकेकाले अब प्रचण्डलाई रुखको बोक्रा फालेसरी फाल्ने उनले दाबी गरे।
प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरका रुपमा अघि सार्दै विगतका गल्ती सुधार गर्ने योजना बनाएको उनको दाबी छ। केही महिनाभित्रै सत्ताको नयाँ समिकरण उनको दाबी छ। तोकिएको समयमा निवार्चन गर्न सरकार नै नलागेको आरोप बिजुक्छेंले लगाए। उनले चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असंभव रहेको ठोकुवा समेत गरे।
प्रधानमन्त्रीको भारत भ्रमणका समयमा जारी गरिएको संयुक्त वक्तव्यले नेपाललाई भुटान बनाउन खोजेको उनको आरोप छ। बिजुक्छेंले कुटनीतिक पक्षलाई सवल पार्न नसके अन्तराष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्ने खतरा औल्याए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्