×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जान्नुस्, ८ अर्ब ३६ करोड कसरी लग्यो एनसेलले…

PRIME CA

जान्नुस्, ८ अर्ब ३६ करोड कसरी लग्यो एनसेलले…

९ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनी मापदण्ड पूरा गरेर विगत पाँच वर्ष अघिदेखि रोकिएको लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०६८÷६९ को आठ अर्ब ३६ करोड नगद लाभांश लगेको स्पष्ट गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘कानुनी सर्त पूरा गरेकाले एनसेललाई हामीले स्वीकृति दिएका हौँ ।’ उनले नेपाल दूरसञ्चार प्राधिकरण र उद्योग विभागको सिफारिसका आधारमा राष्ट्र बैंकले लाभांश लैजान अनुमति दिएको स्पष्ट पारे ।
विदेशी लगानीकर्ताले आफ्नो कारोबारबाट आर्जित लाभांशवापतको रकम लैजान अद्यावधिक सेयर लागत, कर चुक्ता प्रमाण, लेखापरीक्षण प्रतिवेदन र लाभांश वितरणबारे कम्पनीको सभाले गरेको निर्णयसहितको कागजात संलग्न गरी निवेदन दिएमा लगानीकर्ताले लैजान लागेको लाभांश बराबरको विदेशी मुद्राका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: