
- अर्थ सरोकार सम्बतदाता
नेपाल वायुसेवा निगमले विमान चालकसहित अन्य विभिन्न पदमा ७३ जनाका लागि आवेदन माग गरेको छ। निगमको मानव संशाधन विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सिनियर क्याप्टेन, क्याप्टेन, जुनियर क्याप्टेन, प्रविधिक अधिकृत, ओभरसियरलगायतका पदका लागि आवेदन माग गरेको हो।
निगमले सिनियर क्याप्टेनका लागि ९ जना, क्याप्टेन र जुनियर क्याप्टेनका लागि ७(७ जना माग गरेको छ। साथै अन्य विभिन्न अधिकृत पद तथा प्राविधिक पदमा पनि आवेदन माग गरेको छ। आवेदनका लागि आवेदनकर्ताले नवौं र आठौँ पदका लागि २ हजार, सातौँ पदका लागि ७ सय र पाचौँ र चौथो पदका लागि ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने एक भन्दा बढी समूहमा आवेदन दिन चाहने आवेदनकर्ताले नवौँ र आठौँ पदका लागि १ हजार, सातौँ पदका लागि ३ सय ५० सय र पाचौँ र चौथो पदका लागि २ सय ५० सय रुपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ।
निगमले आवेदन दिनका लागि आगामी कार्तिक ११ गतेसम्मको समयसीमा तोकेको छ र दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेले कार्तिक १८ गतेसम्म आवेदन दिन पाउनेछन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्