×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वायुसेवा निगममा ७३ जनाका लागि जागिर खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल वायुसेवा निगममा ७३ जनाका लागि जागिर खुल्यो

Artha Sarokar

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

नेपाल वायुसेवा निगमले विमान चालकसहित अन्य विभिन्न पदमा ७३ जनाका लागि आवेदन माग गरेको छ। निगमको मानव संशाधन विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सिनियर क्याप्टेन, क्याप्टेन, जुनियर क्याप्टेन, प्रविधिक अधिकृत, ओभरसियरलगायतका पदका लागि आवेदन माग गरेको हो। 
निगमले सिनियर क्याप्टेनका लागि ९ जना, क्याप्टेन र जुनियर क्याप्टेनका लागि ७(७ जना माग गरेको छ। साथै अन्य विभिन्न अधिकृत पद तथा प्राविधिक पदमा पनि आवेदन माग गरेको छ। आवेदनका लागि आवेदनकर्ताले नवौं र आठौँ पदका लागि २ हजार, सातौँ पदका लागि ७ सय र पाचौँ र चौथो पदका लागि ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने एक भन्दा बढी समूहमा आवेदन दिन चाहने आवेदनकर्ताले नवौँ र आठौँ पदका लागि १ हजार, सातौँ पदका लागि ३ सय ५० सय र पाचौँ र चौथो पदका लागि २ सय ५० सय रुपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ।
 निगमले आवेदन दिनका लागि आगामी कार्तिक ११ गतेसम्मको समयसीमा तोकेको छ र दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेले कार्तिक १८ गतेसम्म आवेदन दिन पाउनेछन्।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी