×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ राष्ट्रपति र प्रचण्डबीच यस्तो सहमति, फायर हुनसक्छ भारत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिनियाँ राष्ट्रपति र प्रचण्डबीच यस्तो सहमति, फायर हुनसक्छ भारत

३० आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गतबर्ष जारी भएको संविधानको कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।
ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा राखेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दे धन्यवाद ज्ञापन गरेका थिए ।
‘चिनियाँ राष्ट्रपतिले आन्तरिक एकतामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले केही आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै सरकार संविधान कार्यान्वयनमा लागेको जानकारी गराउनुभयो,’ भेटमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने । विशेषतः मधेसवादी दलहरुले संविधानको सन्दर्भमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
दाहाल र चिनियाँ राष्ट्रपतिबीचको भेटमा नेपाल, भारत र चीनको त्रिदेशीय साझेदारीको सन्दर्भमा समेत छलफल भएको छ । चीनले अगाडि बढाउन चाहेको यो अवधारणासँग प्रधानमन्त्री दाहाल पनि सहमत छन् । भारतले यो अवधारणालाई रुचाएको छैन ।

  • कान्तिपुर दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी