
काठमाडौं – रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना सहितमा परेका छन्।
यसैगरी तीनजनाको तलब वृद्धि रोक्का भएको छ भने एकजनालाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। कारबाहीमा पर्नुको कारण अनुशासनहीन काम गरेको, मापसे सेवन र आफ्नो ड्युटी नगरेको बताइएको छ। त्यसो त जिल्लाका दुईजना प्रहरी कर्मचारीले क्षेत्रीयस्तरको पुरस्कारसमेत प्राप्त गरेका छन्। प्रहरी कर्मचारीलाई सेवाप्रति जवाफदेही बनाउन तथा असल काम गर्नेलाई प्रोत्साहन गर्न एवम् खराव काम गर्नेलाई दण्डित गर्न पुरस्कार र दण्डको व्यवस्था गरिएको र यसलाई आगामी वर्ष थप कडाइका साथ पालना गर्ने जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ।
यता रोल्पा जिल्लालाई सरकारले सुरक्षा संवेदनशील जिल्ला भनेर राखेको भए पनि हाल जिल्लामा दरबन्दीअनुसार प्रहरी कर्मचारीको व्यवस्था हुन सकेको छैन। जिल्लामा ६ सय ६ जना प्रहरी कर्मचारीको दरबन्दी रहेकामा हाल ३ सय ८२ जनामात्र कार्यरत रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्