
- अर्थ सरोकार सम्बतदाता
प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ ।ग्रन्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको नेप्सेले जनाएको छ ।
नेप्सेका सहप्रवक्ता मुरहरि पराजुलीले नेप्सेको इतिहासमा दुई कम्पनी एक भइसकेको अवस्थामा एकको मात्र सेयर कारोबार नगरेको र त्यसले सेयर समायोजनमा गाह्रो हुने भएकाले त्यसलाई सम्बोधन गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको जानकारी दिए ।उनका अनुसार त्यस विषयमा नेप्सेले सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डलाई पनि जानकारी गराइएको छ ।
त्यसैगरी धितोपत्र बोर्डले पनि ग्रान्ड बैंकका सेयर लगानीकर्तालाई परेको असरका सम्बन्धमा प्रभु बैंकसँग जानकारी मागेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी लिने बताए ।प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य ३६३ रुपैयाँमा तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्