
- अर्थ सरोकार सम्बातदाता
काठमाडौं – अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। केहीबेरमा पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय कार्यसमितिका सदस्यले आफ्नो धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ। महाअभियोग प्रस्तावलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयको सोमबारको बैठकले टुंगो लगाउने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए।
सोमबारको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आ(आफ्नो धारणा राखेपछि पार्टी सभापति शेरबहादुर देउवाले त्यसको जवाफ दिनेछन्। यसअघि बोल्ने अधिकांशले महाभियोगलाई समर्थन गरेर जानुपर्ने धारणा राखेका छन्। कार्कीविरुद्ध गएको बुधबार व्यवस्थापिका संसदमा प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसले अहिलेसम्म महाभियोग प्रस्तावमा के गर्ने भन्ने औपचारिक निर्णय गरेको छैन। महाभियोग प्रस्ताव दुई तिहाईले मात्र पारित हुने भएकाले कांग्रेसको समर्थन अनिवार्य छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्